साफ यू–१७ च्याम्पियनसिप आजदेखि

बल्खुमा एमाले पार्टी कार्यालयको भवन शिलान्यास

काठमाडौं । नेकपा एमालेको  बल्खुमा पार्टी कार्यालय भवनको शिलान्यास भएको छ । 

नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसको अवसरमा मदननगर बल्खुस्थित पुरानो पार्टी कार्यालय परिसरमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले आज पार्टी कार्यालय भवन शिलान्यास गर्नुभएको हो । 

भवन शिलान्यास समारोहमा प्रधानमन्त्री ओलीसहित उपप्रधानमन्त्री एवं एमाले महासचिव ईश्वर पोखरेल, संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङ, मन्त्रीहरुलगायतको उपस्थिति रहेको थियो ।

१३ रोपनी जग्गामा निर्माण हुने अत्याधुनिक भवनको डिजाइन तयार भइसकेको बताइएको छ । 

२०५१ सालमा निर्मित एमाले कार्यालय २०७२ सालको महाभुकम्पले भत्किएको थियो । पार्टी कार्यालय भवन भत्किएपछि एमाले कार्यालय धुम्बाराहीबाट सञ्चालन हुँदै आएको थियो । आजै एमालेको केन्द्रीय कार्यालय थापाथलीस्थित भवनबाट सञ्चालन हुने गरी उद्घाटन हुँदैछ ।

प्रकाशित मिति : ९ बैशाख २०७८, बिहिबार  ९ : ५६ बजे