दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

संस्थापनमा लागेका कारण कार्यपलिका बैठकबाट निकालिए वडाध्यक्ष 

सिन्धुपाल्चोक । नेकपा एमाले भित्रको विवादका कारण बलेफी गाउँपालिकाका एक वडाध्यक्ष कार्यपालिका बैठकबाटै निकालिएका छन ।  एमाले संस्थापन पक्षमा खुलेर लागेपछी गाउँपालिका अध्यक्ष केदार क्षेत्रीले वडा नम्बर ७ का अध्यक्ष कार्केल लामालाई दुर्व्यवहार गर्दै कार्यपालिका बैठकबाट निकालेका हुन ।  गाउँपालिका अध्यक्ष क्षेत्रीले वडाध्यक्ष लामालाई कार्वाहीको प्रस्ताव ल्याएको र त्यस प्रस्तावमा कार्यपालिका सदस्यहरुले असहमति जनाएका थिए ।  वडाध्यक्षले भने,–‘ईगो साँधेर निर्वाचित वडाध्यक्षलाई कार्वाहीको प्रस्ताव ल्याउनु हाँस्यास्पद छ, गाउँपालिका अध्यक्षलाई सनक चलेपछि जे पनि गर्न मिल्ने कानुन कहाँ छ ?’  कार्यपालिका बैठकमा  ७ का वडाध्यक्ष माथी कार्वाही प्रस्ताव, दुर्व्यवहार भएपछी  ८ का वडाध्यक्ष चरी बहादुर तामाङ र २ का वडाध्यक्ष छबिलाल न्यौपाने पनि बैठक छाडेर निस्किएका थिए ।

गाउँपलिका अध्यक्ष क्षेत्री र वडाध्यक्ष लामा नेकपा एमाले बाट निर्वाचित भएका थिए । अध्यक्ष क्षेत्रीका बिश्वासपात्र मानिएका लामा संस्थापन पक्षमा उभिएपछी उनिहरु बिच दूरी बढेको हो । ब्यक्तिगत रिसिइबी, असमझदारी होला तर यसरी कार्यपालिका बैठकमा वडाध्यक्षमाथी कार्वाहीको एजेण्डा आउनु र बैठकबाट निस्केर जा भन्नू  सिस्टममाथी नै प्रहार हो, बलेफी ८ का वडाध्यक्ष चरिबहादुर तामाङले भने ।

केही दिन अघि सामाजिक सुरक्षा भत्ता वितरणमा एन आईसी एसिया बैंक खाडीचौर शाखामा समस्या देखिएको बिषयमा उनिहरु बिच सडकमै भनाभन भएको थियो ।  वडाध्यक्ष लामाकी छोरी उक्त  बैंकमा शाखा प्रबन्धक हुन ।  अध्यक्ष  क्षेत्रीले  सार्वजनिक रुपमा बैंक तोडफोड गर्ने भनेपछी वडाध्यक्ष लामाले  प्रतिवाद गरेका थिए ।

प्रकाशित मिति : १७ जेष्ठ २०७८, सोमबार  १ : ३० बजे