दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

नेकपा एमाले स्थायी कमिटी बैठक बस्दै

काठमाडौँ ।  सत्तारूढ नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्ने भएको छ । आइतबार स्थगित भएको बैठक आज पुनः बस्न लागेको हो । 

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान १०ः०० बजे बस्ने बैठकमा आर्थिक वर्ष २०७८/०७९ को बजेटको समीक्षा र पछिल्लो राजनीतिक अवस्थाबारे छलफल हुने बताइएको छ । 

आजको बैठकमा आर्थिक वर्ष २०७८र०७९ को बजेटको समीक्षा, पछिल्लो राजनीतिक अवस्थाको समीक्षासँगै नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने १२ सांसदसँग मागिएको स्पष्टीकरणका सन्दर्भमा थप कारबाही हुनसक्ने बुझिएको छ ।

 

प्रकाशित मिति : १७ जेष्ठ २०७८, सोमबार  ८ : २१ बजे