‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

राष्ट्रियसभा सदस्य चयनका लागि लुम्बिनी प्रदेशमा आज उप–निर्वाचन हुँदै

काठमाडौँ । राष्ट्रियसभा सदस्य चयनका लागि लुम्बिनी प्रदेशमा आज उप–निर्वाचन हुँदैछ । 

माओवादी केन्द्रबाट विजयी अर्घखाँचीका चन्द्रबहादुर खड्का एमाले प्रवेश गरेपछि पार्टीले कारबाही गर्दा रिक्त रहेको पदमा निर्वाचन हुन लागेको हो ।

घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा बिहान ९ः०० बजेदेखि दिउँसो ३ बजेसम्म मतदान गर्ने मतदानको समय निर्धारण गरिएको छ ।  निर्वाचन सकिएलगत्तै मतगणना सुरु हुने र आजै परिणाम सार्वजनिक गर्ने निर्वाचन कार्यालय दाङले जानकारी दिएको छ । 

उपनिर्वाचनमा लुम्बिनी प्रदेशसभा सदस्य ८३ जना तथा लुम्बिनी प्रदेशअन्तर्गतका पालिका प्रमुख र उपप्रमुखहरु गरी २ सय १७ गरी जम्मा ३ सय जना मतदाता छन् ।

राष्ट्रिय सभा सदस्य उपनिर्वाचनमा नेकपा एमालेका चन्द्रबहादुर खड्का र नेपाली कांग्रेसका दृगनारायण पाण्डे दुई जना उम्मेदवार प्रतिस्पर्धामा छन् । 

प्रकाशित मिति : १७ जेष्ठ २०७८, सोमबार  ७ : ३३ बजे