साफ यू–१७ च्याम्पियनसिप आजदेखि

बल्खुमा एमाले केन्द्रीय कार्यालय शिलान्यास गर्नुहुँदै प्रधानमन्त्री 

काठमाडौं । नेकपा एमालेको बल्खुमा केन्द्रीय कार्यालय आज शिलान्यास हुने भएको छ । प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले अहिले बिहान ९ः०० बजे भवनको शिलान्यास गर्नुहुने भएको छ ।

कम्युनिष्ट पार्टीको स्थापना दिवसका अवसरमा ओलीले आज पार्टी केन्द्रीय कार्यालय भवन शिलान्यास गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। नेकपा एमाले महाधिवेशन आयोजक कमिटीको हालैको बैठकले बल्खुमा पार्टी केन्द्रीय कार्यालय भवन बनाउने निर्णय गरेको थियो।

तीन रोपनी जग्गामा निर्माण हुने भवन अत्याधुनिक हुने पार्टीका कार्यालय सचिव ईश्वरी रिजालले जानकारी दिनुभयो ।

२०५१ सालमा बनाइएको चार तलाको भवन २०७२ सालको भूकम्पले भत्काएपछि पार्टी कार्यलय भाडामा राखिएको छ । 

महिना दिन अघिसम्म धुम्बाराहीस्थित पासाङ ल्हामु स्मृति प्रतिष्ठानमा राखिएको कार्यलय हाल थापाथलीमा सारिएको छ । प्रधानमन्त्री ओलीले थापाथली कार्यलयमा आजबाट कार्यभार सञ्चालन गर्नुहुने भएको छ । 

प्रधानमन्त्रीले आज विहान ११ः०० बजे कार्यलय प्रवेश गरेर नेता कार्यकर्तालाई निर्देशन दिने कार्यक्रम रहेको छ । 

प्रकाशित मिति : ९ बैशाख २०७८, बिहिबार  ८ : ४२ बजे