सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

प्रतिनिधिसभा विघटनको मुद्दा हेर्दाहेर्दैमा

काठमाडौं । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा आजका लागि बहस सकिएको छ ।  बहस अझै आवश्यक भएकाले मुद्दा हेर्दाहेर्दैमा राखिएको छ ।

रिट निवेदक पक्ष र सरकारी वकिलले आज संवैधानिक इजलासका न्यायाधीशमाथि उठेको प्रश्नबारे बहस गरेका छन् ।

संवैधानिक इजलासमा रहेका न्यायाधीश बमकुमार श्रेष्ठ नेकपा विभाजनसम्बन्धी मुद्दाको सुनुवाइ गर्ने इजलासमा रहनुभएका कारण अहिले उहाँले संसद् विघटनको मुद्दा हेर्न नहुने रिट निवेदक पक्षका वकिलले बताउनुभएको छ । तर, सरकारी वकिलले त्यसको प्रतिवाद गर्नु भएको छ ।

संसद् विघटनसम्बन्धी मुद्दाको सुनुवाईका लागि तोकिएको संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरू दीपककुमार कार्की, डा। आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठ रहनुभएको छ ।
 

प्रकाशित मिति : १६ जेष्ठ २०७८, आइतबार  ५ : २९ बजे