सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

उपप्रधानमन्त्री पोखरेलबाट उज्ज्वल थापाको स्वास्थ्य अवस्थाबारे जानकारी 

काठमाडौँ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले विवेकशील साझा पार्टीका नेता उज्ज्वल थापाको स्वास्थ्य अवस्था बारेमा जानकारी लिनुभएको छ ।

उपप्रधानमन्त्री पोखरेलले मेडिसिटी अस्पतालका चिकित्सकहरूसँग टेलिफोनमार्फत थापाको स्वास्थ्य अवस्था बारे जानकारी लिनुभएको हो ।

यसका साथै, उहाँले थापाकी आमा शान्ता थापालाई टेलिफोन गरी सरकारका तर्फबाट विशेष सहयोग गर्नुपर्ने भए जानकारी गराउन आग्रह गर्नुभयो ।

“सरकारका तर्फबाट केही विशेष गर्न सकिन्छ भने मलाई सिधै फोन गर्नुस्, उपचारमा आवश्यक सम्पूर्ण सहयोग गर्न तयार छौँ”– उपप्रधानमन्त्री पोखरेलले भन्नुभयो ।

थापाको अहिले मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : १६ जेष्ठ २०७८, आइतबार  ४ : ०२ बजे