सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

राष्ट्रपति भण्डारीद्वारा रुसी राष्ट्रपति पुटिनलाई पत्राचार

काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्ना समकक्षी भ्लादमिर पुटिनलाई कोरोना विरुद्धको खोप नेपाली नागरिकलाई  उपलब्ध गराइदिन पत्राचार गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले रुसका राष्ट्रपति भ्लादिमिर भ्लादिमिरोभिच पुटिनलाई पत्राचार गर्दै नेपाललाई कोरोना विरुद्धको खोप सहजीकरण गरिदिनका निम्ति आग्रह गर्नुभएको हो । उहाँले परराष्ट्र मन्त्रालय मार्फत रुसी राष्ट्रपति पुटिनलाई पत्राचार गर्दै रुसले उत्पादन  गरेको  कोरोना विरुद्धको 'स्पुतनिक–५' खोप सहयोग गर्न अनुरोध गर्नुभएको छ  । 

राष्ट्रपति भण्डारीले यस अघि भारतीय राष्ट्रपति, चिनियाँ राष्ट्रपति र अमेरिकी राष्ट्रपतिलाई खोपको लागि अनुरोध गरिसक्नु भएको छ । 

 

प्रकाशित मिति : १६ जेष्ठ २०७८, आइतबार  १२ : ५३ बजे