सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

देउवा निवासमा विपक्षी गठबन्धनको छलफल जारी

काठमाडौँ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा विपक्षी गठबन्धनको बैठक अहिले बसिरहेको छ।

बिहान ९:३० देखि जारी बैठकमा विपक्षी गठबन्धनका नेताहरु छलफलमा जुटेका हुन्।

बैठकमा नेपाली कांग्रेसकाबाट सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र केन्द्रीय सदस्य ज्ञानेन्द्र बहादुर कार्की सहभागी छन्। यस्तै नेकपा माओवादी केन्द्रका तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल, कृष्णबहादुर महरा र देव गुरुङ सहभागी छन्। त्यसतै बैठकमा एमालेबाट निष्कासित वरिष्ठ नेता माधवकुमार नेपाल र भीम रावल सहभागी छन् भने जसपा अध्यक्ष उपेन्द्र यादव पनि बैठकमा सहभागी रहेको बुझिएको छ ।

प्रकाशित मिति : १६ जेष्ठ २०७८, आइतबार  ११ : ४८ बजे