साफ यू–१७ च्याम्पियनसिप आजदेखि

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले गरे ३३ वर्षीया प्रेमिकासंग विवाह

काठमाडौं । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले आफ्नी प्रेमिका क्यारी सिमोन्डसँग विवाह गरेका छन् ।

प्रधानमन्त्री जोनसनले वेष्टमिनिस्टर क्याथेड्रलमा एक गोप्य समारोहकाबीच विवाह गरेका हुन् । प्रधानमन्त्री जोनसनको विवाहमा निकट मित्रहरु र परिवारका सदस्यहरु मात्रै उपस्थित भएको अन्र्तराष्ट्रिय सञ्चार माध्ययहरुले उल्लेख गरेका छन् । 

५६ वर्षीय प्रधानमन्त्री जोनसनले ३३ वर्षीया प्रेमिका सिमोन्डसँग विवाह गरेका हुन् । यसअघि गरेका दुइटा विवाह डिभोर्समा टुंगिएपछि बोरिसले सिमोन्ड्सलाई विवाह गरेका हुन् । उनीहरुबीच सन् २०१८ देखि नै सम्बन्ध रहेको जनाइएको छ । उनीहरूले आफ्नो सम्बन्धबारे सन् २०२० मा मात्रै खुलाएका थिए । गत वर्षको अप्रिलमा सिमोन्ड्सले छोरालाई जन्म दिएकी थिइन्।

प्रकाशित मिति : १६ जेष्ठ २०७८, आइतबार  ११ : १४ बजे