देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

पोखरा रङ्गशाला आगामी वर्ष निर्माण सम्पन्न गरिने

काठमाडौं  ।  पोखरामा निर्माणाधीन देशकै सबैभन्दा ठूलो फुटबल रङ्गशाला आगामी वर्र्षभित्र निर्माण सम्पन्न गरिने भएको छ । आगामी वर्ष २०७८/०७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले रङ्गशाला आगामी वर्ष निर्माण सम्पन्न गरिने जानकारी दिनुभयो ।  

अन्तरराष्ट्रिय मापदण्डको निर्माणाधीन रङ्गशालाको हालसम्म ८५ प्रतिशत काम सकिएको छ । रङ्गशालाका कतिपय पूर्वाधार बजेट अभावमा अघि बढ्न सकेको छैैन । हाल १६ हजार ५०० दर्शक क्षमताको प्यारापिट तयार भए पनि २० हजार पु¥याउने गरी अहिले काम भइरहेको छ । रङ्गशालामा भिआइपी प्यारापिटमा छानो छाउने काम शुरु भएको छ । 
यसैगरी अर्थमन्त्री पौडेलले गण्डकी प्रदेशमा तय भएको नवौँ राष्ट्रिय खेलकूद प्रतियोगिता आगामी वर्ष आयोजना गरिने जानकारी दिनुभयो । गत वर्ष तय भएको राष्ट्रिय खेलकूद कोरोनाका कारण निर्धारित मितिमा आयोजना हुन सकेको थिएन । 

प्रकाशित मिति : १५ जेष्ठ २०७८, शनिबार  ६ : ५३ बजे