स्याङ्जा । नेपाल सरकारले स्याङ्जासहित १० जिल्लामा कागती खेतीको विस्तार गर्ने भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८/०७९ को बजेट सार्वजनिक गर्दै स्याङ्जासहित १० जिल्लामा कागती खेती विस्तार गर्न बजेटको व्यवस्थाको घोषणा गर्नुभएको हो ।
उक्त घोषणा गरेसँगै यहाँका कृषकहरु उत्साहित छन् । स्याङ्जा जिल्लामा सुन्तला खेतीबाट याहाँ कृषकले राम्रो आम्दानी लिँदै आएकोमा कागती खेतीसमेत विस्तार हुने भएपछि कृषकहरु उत्साहित भएका हुन् । चापाकोट–१० का किसान यामप्रसाद भट्टराईले कागती खेतीको विस्तार गर्ने खबरले आफूलाई निकै खुशी लागेको बताउनुभयो ।
पुतलीबजार नगरपालिका–३ बाडखोलाका अनन्तकुमार श्रेष्ठले जिल्लामा कागती खेतीको विस्तार कार्यक्रमले किसानले यसबाट राम्रो आम्दानी लिन सक्ने बताउनुभयो ।
बजेटमा वालिङ नगरपालिकालाई स्मार्ट सिटीका रुपमा अगाडि बढाउने उल्लेख भएकामा पनि स्थानीयबासी खुशी भएका छन् । वालिङ–१० का स्थानीय बासिन्दा एवं उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य तथा वालिङ उद्योग वाणिज्य सङ्घ अध्यक्ष शोभाकान्त पौडेलले बताउनुभयो ।
प्रकाशित मिति : १५ जेष्ठ २०७८, शनिबार ६ : ४४ बजे
प्रतिक्रिया