काठमाडौँ । सरकारले प्रारम्भिक बालविकास केन्द्रका शिक्षिका र विद्यालय कर्मचारीको न्यूनतम तलब १५ हजार पुर्याएको छ । अर्थमन्त्री विष्णु पौडेलले आज बजेट वक्तव्यमार्फत सो कुराको जानकारी दिनुभएको हो ।
’नेपाल सरकारले हाल उपलब्ध गराउँदै आएको मासिक पारिश्रमिकमा बृद्धि गरी ८ हजार पुर्याएको छुँ । न्यूनतम पारिश्रमिकभन्दा कम हुन आउने रकम सम्बन्धित स्थानीय तहले बेहोर्ने व्यवस्था मिलाइनेछ ।’ अर्थमन्त्रीको भनाई थियो
प्रारम्भिक बालविकास केन्द्रका शिक्षिका र विद्यालय कर्मचारीलाई न्यूनतम पारिश्रमिक १५ हजार बनाउनका लागि ५ अर्ब ५५ करोड विनियोजन गरिएको उहाँले जानकारी दिनुभयो ।
प्रकाशित मिति : १५ जेष्ठ २०७८, शनिबार ५ : ५९ बजे
प्रतिक्रिया