साफ यू–१७ च्याम्पियनसिप आजदेखि

महिला स्वास्थ्य स्वयंसेविकाले पाउँदै आएको यातायात खर्चमा शतप्रतिशत वृद्धि

काठमाडौँ ।अर्थमन्त्री विष्णु पौडेलले देशभरका महिला स्वास्थ्य स्वयंसेविकाले पाउँदै आएको यातायात खर्च शतप्रतिशतले वृद्धि गरिने बताउनुभएको छ ।

आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्नुहुँदै पौडेलले  मुलुकभरका ५२ हजार महिला स्वास्थ्य स्वंयसेवीकालाई दिँदै आईएको यातायात खर्चमा शतप्रतिशत वृद्धि गरी १२ हजार पुर्‍याएको बताउनुभयो  । 
यस्तै सरकारले काठमाडौं उपत्यकामा ३ सय शैय्याको र सबै प्रदेशमा ५० शैय्याको सरुवारोग अस्पताल निर्माण गर्न १ अर्ब ३० करोड विनियोजन गरेको पौडेलले जानकारी दिनुभयो । 

प्रकाशित मिति : १५ जेष्ठ २०७८, शनिबार  ४ : ५१ बजे