सुनको मूल्यमा नयाँ कीर्तिमान

नेपालले विश्व शान्ति स्थापनाका लागि निरन्तर योगदान दिने छ : राष्ट्रपति

काठमाडौँ  । राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त राष्ट्र सङ्घ शान्ति सेना दिवस(मे २९) अवसरमा शान्ति सैनिकका रूपमा खटिने सुरक्षाकर्मीसहित सम्पूर्ण राष्ट्र सङ्घ परिवारमा शुभकामना दिनुभएको छ । 

उहाँले आज अपराह्न ट्वीट गर्दै शान्ति स्थापनार्थ खटिने क्रममा शहादत प्राप्त गर्ने शान्ति सैनिकप्रति श्रद्धाञ्जलि दिँदै नेपालले विश्वमा शान्ति स्थापनाका लागि निरन्तर योगदान गरिरहने विश्वास व्यक्त गर्नुभएको छ ।

प्रकाशित मिति : १५ जेष्ठ २०७८, शनिबार  ३ : २० बजे