सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

सुदूरपश्चिमका ६ मन्त्रीलाई एमालेले सोध्यो स्पष्टीकरण

काठमाडौं । नेकपा एमाले प्रदेश कमिटीले हिजो (शुक्रबार) मात्र नियुक्तभएका सुदूरपश्चिमका ६ मन्त्रीलाई स्पष्टीकरण सोधेको छ । 

प्रदेश कमिटीका अध्यक्ष कर्णबहादुर थापा र सचिव राजेन्द्र सिंह रावलले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय विपरीत मन्त्री बनेको भन्दै प्रदेशका ६ मन्त्रीलाई २४ घण्टे स्पष्टीकरण सोधेको हो । मन्त्री बन्नु र विपक्षीसँग साँठगाँठ गर्नु जघन्य अपराध भएको भन्दै स्पष्टीकरणमा किन कारबाही नगर्ने २४ घण्टाभित्र जवाफ दिन भनिएको छ ।
नेकपा पएमालेको स्थायी कमिटी बैठकले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गर्दै तीन मन्त्रीलाई राजीनामा दिन निर्देशन दिएको थियो । तर  केन्द्रको निर्देशन अवेज्ञा गर्दै माधवकुमार नेपाल समूहको बहुमत रहेको प्रदेश संसदीय दलले समर्थन फिर्ता नलिने निर्णय गरेको थियो ।

शुक्रबार मात्र तीन मन्त्रीले राजीनामा दिएका थिए भने चार मन्त्री र चार राज्यमन्त्री नियुक्त भएका थिए । एमाले संसदीय दलका नेता प्रकाशबहादुर शाह मन्त्रीमा दोहोरिंदा दीर्घबहादुर सोडारी भौतिक पूर्वाधार, लालबहादुर खड्का समाजिक विकास, पूर्णा जोशी आन्तरिक मामिलामन्त्री बनेका थिए भने चुनकुमारी चौधरी, अर्चना गहतराज र मनाकुमारी साउद राज्यमन्त्री नियुक्त भएका थिए ।
सुदूरपश्चिम कमिटीले संसदीय दलका नेता शाहलाई यसअघि नै स्पष्टीकरण सोधेर कारबाही गर्न सिफारिस गरेको थियो । बाँकी तीन मन्त्री र तीन राज्यमन्त्रीलाई स्पष्टीकरण सोधिएको एमालेले जनाएको छ ।

 

प्रकाशित मिति : १५ जेष्ठ २०७८, शनिबार  २ : ३९ बजे