काठमाडौं । आज बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष बजेट अध्यादेश सिफारिस गरेको छ ।
शनिबार मध्यान्ह बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले बजेट अध्यादेश स्वीकृतको सिफारिस गरेको हो ।मन्त्रिपरिषदको बैठकले अर्थमन्त्री विष्णु पौडेलले पेस गरेको बजेटलाई स्वीकृत गरी ३ वटा अध्यादेश राष्ट्रपतिसमक्ष पठाइएको सरकारका प्रवक्ता पार्वत गुरुङले जानकारी दिनुभयो ।
राष्ट्रपतिले अध्यादेश प्रमाणीकरण गरिसकेपछि शनिबार दिउँसो ४ बजे अर्थमन्त्री विष्णु पौडेलले बजेट भाषण गर्ने तयारी छ ।
प्रतिनिधिसभा विघटनपछि अध्यादेशमार्फत् सरकारले बजेट सार्वजनिक गर्न लागेको हो । संविधानमा जेठ १५ मै बजेट ल्याउनुपर्ने व्यवस्था भएका कारण सरकारले अध्यादेशमार्फत बजेट ल्याउन लागेको हो ।
प्रकाशित मिति : १५ जेष्ठ २०७८, शनिबार १ : ३२ बजे
प्रतिक्रिया