साफ यू–१७ च्याम्पियनसिप आजदेखि

प्रधानमन्त्री ओली र माधव नेपालको दुईधण्टा लामो वार्ता सकियो, छलफल सकारात्मक भएको दाबी

काठमाडौं । प्रधानमन्त्री एंव नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच दुई घण्टा लामो वान–टू–वान भेटवार्ता सकिएको छ। नागपोखरीस्थित होटल मेरियटमा साँझ करिब ६ बजेदेखि दुई शीर्ष नेताबीच कोठा नम्बर ९०१ मा भएको भेट पौन आठ बजे सकिएको हो ।

छलफल निक्कै सौर्हाद वातावरणमा रहेको र दुवैको मुहारमा खुशी देखिएको भेटका क्रममा होटलमै रहनु भएका प्रधानमन्त्रीका आर्थिक सल्लाहकार मोतिलाल दुगडले जानकारी दिनुभयो । उहाका अनुसार बैठकबाट बाहिरिदा दुवै नेताको मुहारमा खुशी देखिएकाले वार्ता सकरात्मक रहेको अनुमान आफुहरुले लगाएको बताउनु भयो ।

बैठकपछि बाहिरिनु भएका नेता नेपालले भने भेटवार्ताका बारेमा आफुले नबोल्ने जानकारी संचारकर्मीलाई दिनुभयो । वार्तापछि बाहिरिँदै गर्दा नेता नेपालले भन्नुभयो, ‘साथीहरुसँग छलफल गर्नै बाँकी छ । अहिले केही बोल्दिनँ ।’ 
बैठकको शुरुमा अर्थमन्त्री समेत रहनु भएका नेता विष्णु पौडेल पनि सहभागी हुनु भएको थियो । आगामी आर्थिक वर्षको बजेट तयारी सम्बन्धी अर्थशास्त्री र बुद्धिजीवीहरु सँग सोही होटलमा छलफल गरेका अर्थमन्त्री वार्ता शुरु भएपछि निस्किएर हिड्नु भएको थियो । त्यसपछि पौने दुई घण्टासम्म उहाहरुबीच एक्ला एक्लै वार्ता भएको हो ।

यद्यपी वार्ताको शुरुमा भने दुवै नेताहरुबीच बोलचाल भएको थिएन । केही मिनेट बोलचाल नभएपछि प्रधानमन्त्री ओलीले ‘तपाई सञ्चै हुनुहुन्छ  ?’ भन्दै संवाद शुरु गर्नुभएको थियो । प्रधानमन्त्री ओलीले नेपाललाई  गुटगत रुपमा कुनै पनि माग र शर्त लिएर वार्तामा नआउन आग्रह गरेको बुझिएको छ । नेपाल समूहले देशभर समानान्तर कमिटी बनाउँदै हिडेपछि प्रधानमन्त्री ओलीले वरिष्ठ नेता नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई ६ महिना पार्टी सदस्यबाट निलम्बन गर्नुभएको छ ।

प्रकाशित मिति : ८ बैशाख २०७८, बुधबार  ९ : २२ बजे