साफ यू–१७ च्याम्पियनसिप आजदेखि

आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेट आज अपरान्ह ४ बजे सार्वजनिक हुँदै

​​​​​​​काठमाडौं । आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेट आज अपरान्ह ४ बजे सार्वजनिक हुँदैछ ।

सरकारले कोरोना (कोभिड–१९) सङ्क्रमण नियन्त्रण र आर्थिक पुनरुत्थानमा केन्द्रित रहेर आज आगामी आर्थिक वर्ष २०७८/०७९ को वार्षिक अनुमानित आय–व्यय विवरण (बजेट)सार्वजनिक गर्न लागेको हो  । 

संवैधानिक व्यवस्थाअनुसार जेठ १५ गते नै बजेट सार्वजनिक गर्नुपर्ने हुन्छ ।

प्रतिनिधि सभा बिघटन भएको अहिलेको अवस्थामा अध्यादेशमार्फत बजेट ल्याइँदैछ । 

प्रधानमन्त्री निवास बालुवाटारमा आजअपरान्ह ४ बजे अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विपक्षी दलका नेता, सबै मन्त्रीहरू, राष्ट्रिय योजना आयोगका उपाध्यक्षसहित सदस्यहरू र निजी क्षेत्रका प्रतिनिधिहरूको उपस्थितिमा बजेट सार्वजनिक गर्ने कार्यक्रम रहेको अर्थमन्त्रालयका अधिकारीले जानकारी दिएका छन् ।

प्रकाशित मिति : १५ जेष्ठ २०७८, शनिबार  ८ : १५ बजे