मार्फामा बढ्दै पर्यटक

बुढापाकालाई गाउँ रित्तिने चिन्ता

सुदूरपश्चिममा मन्त्रीमण्डल विस्तार, पाँच मन्त्रीसहित चार राज्यमन्त्री नियुक्त

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मण्डल विस्तार भएको छ। मुख्यमन्त्री त्रिलोचन भटट्ले मन्त्रीमण्डल विस्तार गर्नु भएको हो ।

शुक्रबार एक कार्यक्रमकाबीच सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख गंगाप्रसाद यादवले भौतिक पूर्वाधार विकास मन्त्रीमा दीर्घ सोडारी, आर्थिक मामिला तथा योजना मन्त्रीमा प्रकाश शाह, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा मानबहादुर धामी, सामाजिक विकास मन्त्रीमा लालबहादुर खड्का र आन्तरिक मामिला तथा कानून मन्त्रीमा पूर्णा जोशीलाई शपथ ग्रहण गराउनुभएको हो । त्यस्तै, सामाजिक विकास राज्य मन्त्रीमा मना साउँद, भौतिक पूर्वाधार विकास राज्यमन्त्रीमा चुनकुमारी चौधरी, भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्रीमा मानबहादुर सुनार र आर्थिक मामिला तथा योजना राज्यमन्त्रीमा अर्चना गहतराजलाई प्रदेश प्रमुख यादवले पद तथा गोपनीयताको शपथ ग्रहण गराउनु भएको हो । अब सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रीमण्डल ११ सदस्यीय बनेको छ।

प्रकाशित मिति : १४ जेष्ठ २०७८, शुक्रबार  ७ : २७ बजे