‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

काभ्रेमै हुने भयो कोरोना संक्रमितको शव व्यवस्थापन

 काभ्रे । काभ्रेमा पछिल्लो समय कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । जिल्लामा दैनिक १ सयदेखी ३ सयको हाराहारीमा संक्रमित देखा पर्दै आएका छन्  ।  

काभ्रेमा कोरोना भाइरसको कारण दैनिक रुपमा मृत्यु हुनेको सङ्ख्या पनि बढ्दै गइरहेको छ ।संक्रमितहरु मर्नेको सङ्ख्या बढेसँगै जिल्ला कोभिड सङ्कट व्यवस्थापन (डीसीसीएमसी)ले जिल्लामै मृत्यु भएकाको शव व्यवस्थापन गर्न सुरु गरेको छ । 

यसअघि कोरोना संक्रमित भई मृत्यु भएकाहरूको शव जिल्लाले काठमाडौँ  पशुपति स्थित आर्यघाटमा दाहसंस्कार गर्दै आएको थियो ।  

शव व्यवस्थापनको लागि पाँचखाल नगरपालिका र भूम्लु गाँउपालीकाको दोलालघाट बगरमा कोरोना सङ्क्रमितको शव व्यवस्थापन गर्ने भएको छ । कोरोना सङ्क्रमितको शव व्यवस्थापन गर्दै आएको नेपाली सेनाको टोलीलाई शव पशुपति नल्याउन पटक पटक पशुपति शव गृहले आग्रह गरे पछि प्रमुख जिल्ला अधिकारी एवं जिल्ला कोभिड सङ्कट व्यवस्थापन  (डिसीसीयमसी) काभ्रेका संयोजक शिवराम पोखरेलको नेतृत्वको टोली शव व्यवस्थापनको लागी दोलालघाट पुग्नुभएको थियो ।

 त्यसै गरी मण्डन देउपुर नगरपालिकाले वडा नम्बर ७ र ९ को सिमानाको मसानेपाटी घाट शव व्यवस्थापनको लागी तोकेको छ भने मण्डन देउपुर नगरपालिकाले शव व्यवस्थापनको विकल्पको लागि वडा नं. १ र ५ को सिमाना लट्घारी वन क्षेत्र र वडा नं. १२ को बाँस खर्क सामुदायिक वन तोकेको छ । 

चैरीदेउराली गाँउपालीकाले चिहान डाँडा– गोठपानी वडा नं. ५ चलाखु चिहान डाँडा र वडा नं. ३ को चैरी खोला तोकेको छ भने रोशी गाँउपालीकाले रोशी खोला त्रिवेणी घाट शव व्यवस्थापनको लागी तोकेको छ । 

​​​​​​​

प्रकाशित मिति : १४ जेष्ठ २०७८, शुक्रबार  ६ : ०४ बजे