सुनको मूल्यमा नयाँ कीर्तिमान

थप ६ हजार ९५१ जनामा संक्रमण पुष्टि, ९६ जनाको मृत्यु

काठमाडौँ – नेपालमा थप ६ हजार ९५१ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार गत २४ घण्टामा देशभर गरिएका २० हजार ११० जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ६९५५ र एन्टिजेनविधिबाट ९६ जनामा संक्रमण पुष्टि भएको हो । हाल देशभर सक्रिय संक्रमितहरुको संख्या १ लाख १३ हजार ३९४ रहेको छ ।

यस्तै गत २४ घन्टामा ९ हजार ८४१ जना कोरोना संक्रमित उपचार पश्चात निको भई घर फर्केका छन् ।

आज उपत्यका भित्र रहेको काठमाण्डौ जिल्लामा  १७ सय ९६ जना, ललितपुरमा ३१५ जना र भक्तपुरमा २१३ जना संक्रमित थपिएका छन् ।

गत २४ घन्टामा थप ९६ जनाले ज्यान गुमाएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणकै कारण ज्यान गुमाउनेहरुको संख्या ७ हजार ४७ पुगेको छ ।

​​​​​​​

प्रकाशित मिति : १४ जेष्ठ २०७८, शुक्रबार  ४ : २६ बजे