साफ यू–१७ च्याम्पियनसिप आजदेखि

फागुन सम्ममा ५ हजार ९ सय ७४ किलोमिटर सडक कालोपत्र

काठमाडौं –  सरकारले यस आर्थिक वर्षको फागुन मसान्तसम्ममा ५ हजार ९ सय ७४ किलोमिटर सडक कालोपत्र गरेको छ ।

मुलुकभर रहेका रणनीतिक र स्थानीय सडक सञ्जाल समेत गरेर चालू आर्थिक वर्षको फागुन मसान्तसम्ममा ५ हजार ९ सय ७४ किलोमिटर कालोपत्र गरेको हो । सरकारले खण्डाश्मित सडक ८ हजार ८ सय ८२ किलोमिटर र कच्ची सडक ८ हजार ९ सय ७२ किलोमिटर गरी कुल ३३ हजार ५ सय २८ किलोमिटर सडक निर्माण गरेको छ ।

त्यस्तै कच्ची,ग्राभेल र कालोपत्रे सहित जम्मा ६३ हजार ५ सय ७७ किलोमिटर सडक प्रदेश तथा स्थानीयस्तरबाट निर्माण भएको आर्थिक सर्वेक्षण मार्फत प्रस्तुत गरेको छ ।

प्रकाशित मिति : १४ जेष्ठ २०७८, शुक्रबार  ४ : ०७ बजे