सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

भेरी अस्पतालका चिकित्सक तथा नर्सप्रति दुर्व्यवहार हुनु खेदजनक: राष्ट्रपति भण्डारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालगञ्जको भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथि भएको दुर्व्यवहारप्रति खेद व्‍यक्त गर्नुभएको छ । शुक्रबार राष्ट्रपति भण्डारीले सामाजिक सञ्जाल ट्वीटरमार्फत् भेरी अस्पतालका चिकित्सक तथा नर्समाथि गरेको दुर्व्यवहारप्रति खेद व्यक्त गर्नुभएको हो ।

ट्वीटमा राष्ट्रपति भण्डारी लेख्नुहुन्छ,–‘आफ्नो र परिवारको जीवन जोखिममा राखेर कोभिड–१९ का बिरामीको उपचारमा संलग्न भेरी अस्पतालका चिकित्सक तथा नर्सप्रति दुर्व्यवहार हुनु खेदजनक छ। दुःख परेका बेला भावनात्मक उत्तेजना हुन सक्छ। यस विषम परिस्थितिमा संयम र धैर्य अपनाउँदै यो महामारीलाई परास्त गर्नु हामी सबैको साझा दायित्व हो ।

​​​​​​​

प्रकाशित मिति : १४ जेष्ठ २०७८, शुक्रबार  ३ : ५६ बजे