साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

यी हुन् सहकारी ठगीमा फरार २९ जना

चार लाख १५ हजार नक्कली नोटसहित कांग्रेस नेता पक्राउ

सुनसरी । नेपाली काग्रेसका स्थानीय नेत सहित  तीन जना नक्कली नोटसहित पक्राउ परेका छन् । धरान इनरुवा–४ स्थित स्टार होटल अगाडिबाट नेपाली कांग्रेस धरान उपमहानगर समितिका उपसभापति महेन्द्र तामाङ, धरान–१९ का ६६ वर्षीय टेकबहादुर तामाङ र सुनसरी हरिनगरा गाउँपालिका–२ का २४ वर्षीय नजिम साफि  नक्कली नेपाली नोटसहित पक्राउ परेका हुन् । 

उनीहरुको साथबाट कागजमा पोको पारी राखेको अबस्थामा ४ सय १५ थान एक हजार दरका नक्कली नोट बरामद गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका तीनै जनाविरुद्ध आवश्यक कार्वाही प्रकृया अघि बढाइएको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति : ८ बैशाख २०७८, बुधबार  ५ : ४७ बजे