साफ यू–१७ च्याम्पियनसिप आजदेखि

निषेधाज्ञामा समेत तस्करी

पर्सा  – वीरगंज महानगरपालिकास्थित ईनर्वागाउँ, छपकैया, भकुवा, सिर्सिया र नगवाबाट अवैध रुपमा भन्सार छली ल्याउँदै गरेको करिब ४ लाख ६ सय रुपैयाँ बराबरको कुर्तासुरवाल, साडी लगायत विभिन्न किसिमका लत्ताकपडाहरु बुधबार दिउँसो प्रहरीले बरामद गरेको छ ।

उक्त स्थानहरुमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा भन्सार छलि ल्याउँदै गरेका उक्त सामानहरु फेला पारी बरामद गरेको हो ।

बरामद सामान आवश्यक कारवाहीको लागि बिहीबार वीरगंज भंसार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

प्रकाशित मिति : १३ जेष्ठ २०७८, बिहिबार  ७ : ४९ बजे