साफ यू–१७ च्याम्पियनसिप आजदेखि

हँसिया प्रहार गरी आफ्नै छोराको हत्या

बाँके – कोहलपुर नगरपालिका-१२ चप्परगौडी बस्ने २० वर्षीय पोषण वलीको धारिलो हतियार हसियाँ प्रहारबाट बुधबार राति मृत्यु भएको छ ।

घरायसी बादविवादको कारण उनकै बुबा ५० वर्षीय ठाकुर प्रसाद वलीले हसियाँ प्रहार गर्दा पोषण गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले घाइतेलाई उपचारका लागि भेरी अस्पताल नेपालगंज पठाएकोमा उपचारको क्रममा उनको मृत्यु भएको हो ।

अभियुक्त ठाकुर प्रसादलाई नियन्त्रणमा लिएर यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : १३ जेष्ठ २०७८, बिहिबार  १ : २२ बजे