साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

महाराष्ट्रको नासिकमा अक्सिजन चुहिँदा भेन्टिलेटरमा रहेका २२ बिरामीको मृत्यु

काठमाडौं । भारतको महाराष्ट्र राज्यको नासिकस्थित एउटा अस्पतालमा अक्सिजन भण्डारण गरिएको ट्याङ्कीबाट अक्सिजन चुहिएपछि अक्सिजनको अभावमा कम्तीमा २२ जना बिरामीको मृत्यु भएको छ । 

उक्त अस्पतालमा १५० जना बिरामी भएको र तीमध्ये २३ जनालाई भेन्टिलेटरमा राखिएको बताइएको छ।

भारतीय समाचारसंस्था एएनआईका अनुसार नासिकस्थित डाक्टर जाकिर हुसैन अस्पतालमा ट्याङ्करबाट अक्सिजन भर्ने क्रममा चुहावट भएको हो।
ट्यांकबाट अक्सिजन चुहावत हुँदा ३० मिनेट सम्म बिरामीहरुले अक्सिजन पाएका थिएनन्। महाराष्ट्र सरकारले यो घटनाको अनुसन्धान गरि दोषीलाई कारवाही गर्ने जनाएको छ।

प्रकाशित मिति : ८ बैशाख २०७८, बुधबार  ४ : ५७ बजे