सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

कोरोना भाइरसको संक्रमणबाट सुदूरपश्चिमका पूर्व प्रदेश प्रमुख मोहनराज मल्लको निधन

धनगढी । सुदूरपश्चिम प्रदेशका प्रथम प्रदेश प्रमुख मोहनराज मल्लको उपचारका क्रममा निधन भएको छ ।

लामो समयदेखि निमोनियाको उपचार गराइरहनुभएका मल्लको काठमाडौँस्थित निदान अस्पतालमा आज बिहान ७ बजे निधन भएको मल्लका तत्कालीन स्वकीय सचिव धनसिंह साउदले जानकारी दिनुभयो ।
 
चार दशकभन्दा बढीको समय कैलालीमा राजनीति गर्दै आउनुभएका मल्ल राष्ट्रिय पञ्चायत सदस्य हुँदै नेपाली कांग्रेसको महासमिति सदस्यसमेत हुनुभएको थियो । 

पहिले राप्रपाको राजनीति गर्नुभएका मल्ल २०७० सालको दोस्रो संविधानसभाअघि कांग्रेस प्रवेश गर्नुभएको थियो ।

विसं २०७४ माघ ३ गते प्रदेश प्रमुख नियुक्त हुनुभएका मल्लले माघ ८ गते शपथ लिनुभएको थियो । मल्लका एक छोरा र एक छोरी हुनुहुन्छ ।

प्रकाशित मिति : १३ जेष्ठ २०७८, बिहिबार  ९ : ०५ बजे