साफ यू–१७ च्याम्पियनसिप आजदेखि

पाकिस्तानमा आजदेखि खोपका लागि नाम दर्ता शुरु

इस्लामावाद । पाकिस्तानमा आज बिहीबारदेखि  कोरोना भाइरस विरुद्धको खोप लगाउन नाम दर्ता शुरु गरिने भएको छ । 

कोरोना भाइरसको तेस्रो चरणको महामारीमा मानवीय क्षति न्यूनिकरण गर्ने उद्देश्यले खोप लगाउने अभियान शुरु गर्न लागिएको सरकारी उच्च अधिकारीले बताएका छन् । 

पाकिस्तानका केन्द्रीय योजना, विकास मन्त्री असद उमारले बिहीवारदेखि कोरोना विरुद्धको खोप लगाउनका लागि नामावली दर्ता गराउन थालिने बुधबार जानकारी दिनुभयो । 

सामाजिक सञ्जाल ट्वटरमार्फत उहाँले नेस्नल कमाण्ड तथा अपरेसन सेन्टर(एनसीओसी)ले नामावली दर्ता गराउने जानकारी दिनुभएको हो । 

“एनसीओसीको बुधबारको बैठकले आज बिहीबारदेखि नाम दर्ताशुरु गर्ने निर्णय गरेको छ,” उहाँले ट्वीटरमा लेख्नु भएको छ । 

खोप १९ वर्ष वा सोभन्दा माथिका सबैलाई लगाउने योजनाअनुसार सोही उमेर समूहका व्यक्तिको मात्रै नाम दर्ता गराइने उहाँले बताउनु भएको छ । 

खोप अभियानले कोरोना भाइरसबाट हुने क्षति न्यूनिकरण गर्न धेरै सहयोग गर्ने सरकारी अधिकारीले विश्वास व्यक्त गरेका छन् । 
 

प्रकाशित मिति : १३ जेष्ठ २०७८, बिहिबार  ६ : ५६ बजे