काठमाडौँ – उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोना भाइरसविरुद्धको खोप सहयोग गरिदिन चिनियाँ कम्युनिष्ट पार्टीसँग आग्रह गर्नुभएको छ ।
प्रमुख राजनीतिक दल र चिनियाँ कम्युनिष्ट पार्टीबीच भएको भर्चुअल बैठकमा उहाँले पार्टीका विदेश विभाग प्रमुख सोङ तावोसँग खोप सहयोगका लागि आग्रह गर्नुभएको उहाँका प्रेस सल्लाहकार गणेश पाण्डेले जानकारी दिनुभयो ।
नेकपा (एमाले)का महासचिव पोखरेलले खोपका लागि दुई देशबीच ठोस सहकार्यको जरुरत रहेकामा जोड दिनुभयो । यसअघि चीनले कोभिड–१९ विरुद्ध भेरोसेल खोप आठ लाख मात्रा नेपाललाई अनुदानस्वरुप उपलब्ध गराइसकेको छ ।
रासस
प्रकाशित मिति : १२ जेष्ठ २०७८, बुधबार १० : २४ बजे
प्रतिक्रिया