सुनको मूल्यमा नयाँ कीर्तिमान

चीनले नेपाललाई तत्काल १० लाख डोज खोप दिने

काठमाडौं – चीन सरकारले नेपाललाई तत्काल कोरोना विरुद्धको १० लाख डोज खोप दिने घोषणा गरेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच आज भएको टेलिफोन वार्ता लगतै चीनले नेपाललाई तत्काल १० लाख डोज कोरोनाविरुद्धको खोप  दिने घोषणा गरेको हो ।

चीनले नेपाललाई भेरोसेल खोप उपलब्ध गराउने भएको छ । चीनले यसअघि पनि ८ लाख डोज खोप उपलब्ध गराएको थियो ।

प्रकाशित मिति : १२ जेष्ठ २०७८, बुधबार  ५ : ५२ बजे