सुनको मूल्यमा नयाँ कीर्तिमान

थप  ६ हजार ७१४ जनामा कोरोनाको संक्रमण पुष्टि, १४५ जनाको मृत्यु

काठमाडौँ –  नेपालमा  थप  ६ हजार ७१४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १९ हजार ३० जनाको पीसीआर परिक्षण गर्दा ६६७७ जनामा र ३२२ जनाको एन्टिजेन परिक्षण गर्दा ३७ जना गरी कुल ६ हजार ७१४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

गत २४ घन्टामा ६ हजार ७१६ जना कोरोना संक्रमित उपचार पश्चात निको भई घर फर्केका  छन् ।

आज काठमाडौँ उपत्यकाका १ हजार ४९३ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ ।

त्यस्तै आज थप १४५ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् । 

प्रकाशित मिति : १२ जेष्ठ २०७८, बुधबार  ४ : ४५ बजे