सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

सुदुरपश्चिममा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता नलिने

काठमाडौं । नेकपा एमाले, सुदुरपश्चिमम प्रदेशको संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता नलिने निर्णय गरेको छ। 
आज बसेको दलको बैठकले सरकारलाई दिएको समर्थनलाई निरन्तरता दिने निर्णय गरेको प्रदेशसभा सदस्य अमरबहादुर साउदले सञ्चारकर्मीलाई जानकारी दिए। गत सोमबार एमाले केन्द्रीय कार्यालयले समर्थन फिर्ता लिन निर्देशन दिएको थियो। कन्द्रले दिएको निर्देशनको पालना गर्न प्रदेशको संसदीय दलले अटेर गरेको हो । 

प्रदेश सभा संसदीय दलको बुधवार बसेको बैठकमा माधवकुमार नेपाल-झलनाथ खनाल पक्ष हावी हुँदा समर्थन फिर्ता नलिने निर्णय भएको हो ।

यससँगै मुख्यमन्त्री त्रिलोचन भट्टको तत्कालीन संकट टरेको देखिएको छ ।

प्रकाशित मिति : १२ जेष्ठ २०७८, बुधबार  २ : ४६ बजे