काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय समकक्षी रामनाथ कोविन्दलाई कोभिड-१९ विरुद्धको भ्याक्सिन उपलब्ध गराइदिन विशेष आग्रह गर्नुभएको छ ।
राष्ट्रपति भण्डारीले आज भारतीय राष्ट्रपतिलाई पत्राचार गर्दै कोभिसिल्डको प्रथम डोज खोप लगाएर बसेका नेपाली नागरिकहरुलाई दोस्रो डोजको आवश्यक मात्रा उपलब्ध गराइदिन अनुरोध गर्नुभएको छ । राष्ट्रपति भण्डारीले पत्र मार्फत भारतमा कोरोना महामारीबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै महामारीविरुद्ध आपसी सहकार्य गर्दै मिलेर लड्न आग्रह गर्नुभएको छ ।
नेपालमा हाल २१ लाख १३ हजार जना दोस्रो डोजको प्रतिक्षामा छन् । यसअघि भारतले नेपाललाई २० लाख डोज कोभिसिल्डको खोप उपलब्ध गराएको थियो । भारतबाट थप दश लाख डोज खोप नेपाल आउन बाँकी छ ।
भारतको सिरम इष्टिच्युटले २०२१ को अन्त्यपछी विदेशमा खोप निर्यात गर्ने भनेपछि नेपालले राष्ट्रपतिमार्फत विशेष पहल गरेको हो ।
प्रकाशित मिति : १२ जेष्ठ २०७८, बुधबार १ : २८ बजे
प्रतिक्रिया