सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

एमालेका १२ निर्वतमान सांसदलाई स्पष्टीकरण पत्र पठाइँदै

काठमाडौं । नेकपा एमालेले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन र आफ्नो सरकार ढाल्न हस्ताक्षर गर्ने १२ जना निर्वतमान सांसदलाई आज स्पष्टीकरण पत्र पठाउने भएको छ । 

एमाले केन्द्रीय कार्यायलयका सचिव शेरबहादुर तामाङले १२ घण्टाको समय दिएर स्ष्टीकरण पत्र काट्न लागेको जानकारी दिनुभयो  । सोमबार बसेको स्थायी कमिटी बैठकले झलनाथ खनाल, माधव नेपालसहितका ११ जना नेताहरुलाई पार्टीको साधरण सदस्य समेत नरहने गरि निष्कासन गरेको थियो भने थप १२ जनलाई स्पष्टिकरण् ासोध्ने निर्णय गरेको थियो ।

एमालेले नेताहरु विरोध खतिवडा, जीवनराम श्रेष्ठ, घनश्याम भुसाल, सोमप्रसाद पाण्डे, कृष्णलाल महर्जन, झपट रावल, भवानीप्रसाद खापुङ, यज्ञ सुनुवार, सुरेन्द्र पाण्डे, मेटमणि चौधरी, दिपकप्रकाश भट्ट र नारायण खतिवडालाई स्पष्टीकरण पत्र पठाउन लागिएको हो । सोमबार स्पष्टीकरण सोध्ने निर्णय गरिएपनि दुई दिन उनीहरूलाई सम्झाउने प्रयास संस्थापन पक्षले गरेको थियो। 

स्पष्टीकरण सोधिएका पूर्वसांसदहरुलाई सम्झाउने प्रयास सफल हुन नसकेपछि आज एमालले स्पष्टीकरणको पत्र पठाउन लागेको हो । सम्भवतः भोलि स्थायी कमिटी बैठक बोलाएर उनीहरुलाई पनि पार्टीबाट निष्कासन गर्ने निर्णय एमालले लिने छ ।

प्रकाशित मिति : १२ जेष्ठ २०७८, बुधबार  १ : २३ बजे