साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

एमालेले दिएको करोडको भाउ कि अरूले दिएको कौडीको भाउ ?

एमाले ब्युँझिएदेखि नै एमालेको  माधव नेपाल पक्षको एउटा सानो समूहले विपक्षीको भूमिका खेलिरह्यो । पार्टीभित्र समानान्तर गतिविधि  गर्ने र संसद्मा विपक्षी गठबन्धनसँग मिलेर पार्टीको सरकारलाई गिराउन विभिन्न षडयन्त्र गरिरहे । एमालेको पछिल्लो स्थायी समितिको बैठकले निष्कासनको कारबाही गर्नु अघिसम्म विपक्षी गठबन्धनको बैठकमा 'एमालेका वरिष्ठ नेता'को रूपमा उपस्थित हुने सम्मको असंसदीय गतिविधि हुँदै आएको थियो । संविधानबमोजिम प्रधानमन्त्री र राष्ट्रपतिले सम्पादन गरेका कामलाई एमालेको समर्थन छैन भन्ने भ्रम दिन खोजिँदै थियो । सरकारविरुद्ध विपक्षीलाई एकजुट हुन खुल्लमखुल्ला उकासिँदै थियो । विपक्षीसँग मिलेर ओली सरकार गिराउन सकियो भने एमाले पुनः कब्जा गर्न सकिन्छ भन्ने आफ्नो कोठरीमा विश्लेषण गरिँदै थियो ।

पार्टीले निष्कासनको निर्णय गरेपछि माधव नेपालले जारी गरेको अपिलमा भने 'एमालेका वरिष्ठ नेता'  हटाइएको देखिन्छ । एमालेको लोगो पहिलो पटक प्रयोग भएको छैन । उनले अपिलमा प्रधानमन्त्री के पी शर्मा ओलीलाई आफ्नो पनि मिलीभगतमा बनेको प्रचण्डको १९ बुँदे आरोप-पत्रबाट केही साभार गरेका र केही आफ्ना कुण्ठा पोखेका छन् । उनले भनेका छन् -'मैले व्यक्तिगत रूपमा र सामूहिकरुपमा पार्टीलाई दुर्घटनाबाट जोगाउनका लागि सक्दो भूमिका निर्वाह गरेँ । ओलीले पार्टीलाई गम्भीर मोडमा र सङ्कटपूर्ण अवस्थामा पुर्‍याए भनेर आवाजलाई आम जनसमुदाय र नेता कार्यकर्ताबीच राखेँ । पटक पटकको भेटमा स्वयं केपी ओलीलाई सच्चिएर अघि बढ्न आग्रह गरेँ । तर सत्ता, शक्ति र माफियाको जगमा उभिएका ओलीले हाम्रा सुझावहरू मनन गरेनन्, वास्ता गरेनन् बरु प्रतिशोध साँध्ने काम मात्र गरे ।त्यही कारण आम जनता, नेता-कार्यकर्ता र ओली सरकारबीच तीव्र दूरी बढिरह्यो ।'

तर उनले आफ्नै पार्टीको सरकार गिराउन गरेको विदेशी शक्ति र देशका दक्षिणपन्थी अस्थिरतावादी शक्तिसँग आफूले गरेको साँठगाँठको कहीँ कतै उल्लेख गरेका छैनन् । एमाले फुटाउन निर्वाचन आयोगदेखि कार्यकर्ता तहसम्म उनले खेलेको भूमिकाको उल्लेख हुने कुरै भएन । अरूलाई सच्चिन, सुध्रिन आग्रह फर्मान गर्नेले आफ्ना गम्भीर अपराध पनि देख्ने साहस गरेको भए शायद उनको हालत अहिले जङ्गलमा गर्जने सिंहबाट झरेर झाडीमा हराएको कमिलोको जस्तो हुने नै थिएन ।

शेरबहादुर देउवा, पुष्पकमल दाहाल 'प्रचण्ड', उपेन्द्र यादवसँगै विपक्षी गठबन्धनमा एमालेको नाम अब दुरुपयोग हुने छैन । केन्द्रमा एमालेमा पनि हुने, विपक्षी गठबन्धनमा पनि हुने अनैतिक चरित्र अब कोही एमाले नेताले गर्ने छैनन् ।

तर जिल्ला-जिल्लामा नेकपा(एमाले)को नाम अझै विपक्षी गठबन्धनको वक्तव्यमा देखिँदै छ । अर्थात् एमाले हुने मोह पनि छोड्न नसक्ने,विपक्षी गठबन्धनतिर लागेर एमाले र उसको नेतृत्वको सरकारको उछित्तो काढ्न पनि नछोड्ने कार्य अझै केही एमाले कार्यकर्ताले विभिन्न जिल्लामा गरिरहेको देखिन्छ ।

एमालेको भोटले चुनाव जित्ने तर संसद्मा विपक्षीलाई सघाउन फ्लोर क्रस गर्ने, मनमौजी हस्ताक्षर गर्ने, पार्टीका आधिकारिक उम्मेदवारलाई हराउन खुल्लमखुल्ला विपक्षी उम्मेदवारको प्रचार गर्ने हदसम्मका अनुशासन उलङ्घनका घटना एमालेमा देखिए । एमालेको हैसियत प्रयोग गरेर एमाले ताछ्ने प्रपञ्च बारम्बार दोहोरिए, दोहोरिँदै छन् ।

झलनाथ खनाल र माधव नेपाल एमालेका इतिहास हुन् । एमालेको सम्पूर्ण पङ्क्तिले उनीहरूलाई लामो समय जयजयकार गरेकै हो । उनीहरूको व्यक्तिगत र संस्थागत आदेश पनि मानेकै हो । एमालेका लाखौँलाख कार्यकर्ताले काँधमा बोकेर पार्टी र राज्यको सर्वोच्च तहमा उनीहरूलाई पुर्‍याएकै हुन् । नेता मानेकै हुन्, माया गरेकै हुन् । तर त्यो सबै उनीहरूले बिर्सिएपछि, पार्टीलाई लात हानेपछि कसको के लाग्छ ?

देश हाँक्ने देशको सबैभन्दा ठुलो पार्टीले सधैँ यस्तो विकृति र विसङ्गति बोकेर हिँडिरहन सक्दैन । अराजकता र अनुशासनहीनताको सिकार बनिरहन सक्दैन ।

झलनाथ खनाल र माधव नेपाल एमालेका इतिहास हुन् । एमालेको सम्पूर्ण पङ्क्तिले उनीहरूलाई लामो समय जयजयकार गरेकै हो । उनीहरूको व्यक्तिगत र संस्थागत आदेश पनि मानेकै हो । एमालेका लाखौँलाख कार्यकर्ताले काँधमा बोकेर पार्टी र राज्यको सर्वोच्च तहमा उनीहरूलाई पुर्‍याएकै हुन् । नेता मानेकै हुन्, माया गरेकै हुन् । तर त्यो सबै उनीहरूले बिर्सिएपछि, पार्टीलाई लात हानेपछि कसको के लाग्छ ?

व्यक्ति पार्टीको अधीनस्थ हुन्छ भन्ने नेताहरू आफूचाहिँ पार्टीको अधीनस्थ बस्न चाहँदा रहेनछन् । पार्टी नेतृत्वविरुद्ध खडा गरिएको गुट ध्वस्त पार्दा पार्टी नै सतह-नहस पारेको अर्थ लगाउँदा रहेछन् । आफू कर्तव्यच्यूत भएर निष्कासित भएपछि माधव नेपालले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री के पी शर्मा ओलीलाई यस्तो आरोप लगाएका छन् । तर वास्तविकता त यो हो, एमाले सतह-नहस भएको छैन, यो एकताबद्ध छ, सशक्त छ ।

एमालेको भोटले चुनाव जित्ने तर संसद्मा विपक्षीलाई सघाउन फ्लोर क्रस गर्ने, मनमौजी हस्ताक्षर गर्ने, पार्टीका आधिकारिक उम्मेदवारलाई हराउन खुल्लमखुल्ला विपक्षी उम्मेदवारको प्रचार गर्ने हदसम्मका अनुशासन उलङ्घनका घटना एमालेमा देखिए । एमालेको हैसियत प्रयोग गरेर एमाले ताछ्ने प्रपञ्च बारम्बार दोहोरिए, दोहोरिँदै छन् ।

२०५४ सालमा बामदेव गौतमलाई यस्तै लागेको थियो । उनीभित्र आफू मात्र पार्टी र त्यति बेलाको पार्टी अर्थात् माधव पक्षलाई गुट भन्ने भ्रम पैदा भएको थियो । मदन भण्डारीको सच्चा उत्तराधिकारी आफू मात्र हुँ भन्ने अहम् जागेको थियो । तर तथ्यले त्यस्तो देखाएन । एमाले एमाले रह्यो, बामदेव गुट केही समय मढारियो र पछि बढारियो । माधव नेपालहरूको पनि त्यही नियति हुने न हो ।

र, अहिले माधव नेपालहरू एमालेमा छैनन् । एमालेजस्तो पार्टीको टुप्पोमा बसेर रजगज गर्नु र पार्टीबाट चङ्गा चैट भएर भौँतारिनुमा कति फरक पर्छ अब उनीहरूलाई बिस्तारै थाहा लाग्नेछ । आगतमा राजनीतिको बजारमा अरू कसैले कौडीको भाउ नदिएपछि एमालेले विगतमा दिएको करोडको भाउको झलझली सम्झना हुनेछ ।

प्रकाशित मिति : १२ जेष्ठ २०७८, बुधबार  १२ : ०० बजे