कैलाली । सुदूरपश्चिम प्रदेशमा एमाले संसदीय दलको बैठक सुरु भएको छ । दलको कार्यालयका सुरु बैठकमा सभामुख बाहेकका २४ जना सांसद मध्ये बैठकमा २१ सांसद उपस्थित भएका छन् ।
मंगलबार आपसी विवादका कारण बस्न नसकेको बैठक बुधबार बिहान शुरु भएको हो । बैठकमा सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने कि नलिने भन्ने सम्बन्धमा छलफल हुने बताइएको छ ।
एमालेको स्थायी कमिटीको बैठकले सुदूरपश्चिम प्रदेशको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेपछि मंगलबारका लागि बोलाइएको सुदूरपश्चिम आपसी विवादपछि स्थगित भएको थियो ।
प्रकाशित मिति : १२ जेष्ठ २०७८, बुधबार ११ : ०६ बजे
प्रतिक्रिया