सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

सुदूरपश्चिम प्रदेश नेकपा एमाले संसदीय दलको बैठक आज पुन बस्दैछ

काठमाडौँ ।  सुदूरपश्चिम प्रदेश नेकपा एमाले संसदीय दलको बैठक आज पुन बस्दैछ ।

नेकपा(एमाले)को स्थायी कमिटीको बैठकले सुदूरपश्चिम प्रदेशको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेपछि मंगलबारका लागि बोलाइएको  सुदूरपश्चिम आपसी विवादपछि स्थगित  भएको थियो । 

मंगलबार स्थगित भएको दलको बैठक आज बोलाइएको एमाले संसदीय दलका प्रमुख सचेतक तारा लामा तामाङले जानकारी दिनुभयो । उहाँले बैठकमा एमालेका सबै सदस्यलाई खबर गरिएको जानकारी दिनुभयो । 

मंगलबारको बैठकमा नेता माधकुमार नेपाल पक्षका सांसदलाई मात्रै खबर गरिएको थियो । आज हुने बैठकमा आफूहरूलाई पनि खबर आएको संस्थापन पक्षका सांसद एवं एमाले कैलालीका अध्यक्ष रतन थापाले बताउनुभयो ।

प्रकाशित मिति : १२ जेष्ठ २०७८, बुधबार  ९ : ०५ बजे