साफ यू–१७ च्याम्पियनसिप आजदेखि

यी ८६ दल  जस्ले बुझाएनन् लेखापरीक्षण प्रतिवेदन (सूचीसहित)

काठमाडौं । निर्वाचन आयोगले लेखापरीक्षण प्रतिवेदन नबुझाउने थप ४० राजनीतिक दललाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।  आयोगको बुधबार बसेको बैठकले नियमित रुपमा लेखापरीक्षण प्रतिवेदन नबुझाउने दललाई ७ दिनभित्र स्पष्टीकरण दिन निर्देशन गरेको हो ।

यसअघि आयोगले सोमबार लगातार तीन आर्थिक वर्षसम्म लेखापरीक्षण प्रतिवेदन नबुझाउने ४६ वटा दललाई सात दिनभित्र स्पष्टीकरण दिन निर्देशन दिएको थियो । 

“आयोगको मिति २०७८/१६ को निर्णयानुसार लगातार तीन आर्थिक वर्षसम्म आयोगमा लेखापरीक्षण प्रतिवेदन नबुझाउने ४६ वटा राजनीतिक दल र मिति २०७८/१/८ को निर्णयानुसार नियमित रूपमा लेखापरीक्षण प्रतिवेदन नबुझाउने ४० वटा राजनीतिक दललाई लेखापरीक्षण प्रतिवेदन नबुझाउनुको औचित्यपूर्ण र चित्तबुझ्दो कारणसहित ७ ९सात० दिनभित्र स्पष्टीकरण पेस गर्न लेखी पठाएको हो । 

लेखापरीक्षण प्रतिवेदन नबुझाए के हुन्छ ?

राजनीतिक दलसम्बन्धी ऐन, २०७३ मा आयोगमा दर्ता भएका राजनीतिक दलहरूले आफ्नो आय र व्ययको वास्तविक हिसाब–किताब देखिने गरी लेखा राख्नपर्ने, अभिलेख राख्ने प्रयोजनको लागि दलले जिम्मेवार पदाधिकारी तोकी त्यसको जानकारी आयोगलाई गराउनुपर्ने, आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्र आफ्नो आय र व्ययको लेखापरीक्षण कानुनबमोजिम इजाजत प्राप्त लेखापरीक्षकबाट लेखापरीक्षण गराई एक महिनाभित्र आयोगमा पेस गरी सार्वजनिकसमेत गर्नुपर्ने व्वस्था छ । । 

दलले तोकिएबमोजिम लेखा नराखेमा, लेखापरीक्षण नगराएमा वा लेखापरीक्षण प्रतिवेदन आयोगमा नबुझाएमा वा माग गरेबमोजिम स्पष्टीकरण पेस नगरेमा आयोगले २० हजार रुपैयाँसम्म जरिवाना गर्न सक्ने व्यवस्था  ऐनमा छ ।

त्यस्तै, लगातार तीन वर्षसम्म लेखापरीक्षण प्रतिवेदन नबुझाउने दललाई आयोगले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ५४ को उपदफा ९१० बमोजिम ५० हजार रुपैयाँसम्म जरिवाना गर्नुका साथै दललाई त्यस्तो काम–कारबाही ६ महिनाभित्र सच्याउन आदेश दिन सक्ने, तोकिएबमोजिमको जरिवाना नबुझाएमा वा तोकिएको अवधिभित्र काम–कारबाही नसच्याएमा त्यस्तो दललाई आयोगले तत्काल हुने एक निर्वाचनमा भाग लिन नपाउने गरी आदेश दिन सक्नेछ । 

त्यस्तै, ऐनबमोजिमको कसुर एकपटकभन्दा बढी गरेमा वा दिएको आदेश एक वर्षभित्र पालना नगरेमा वा तोकिएको जरिवाना नबुझाएमा आयोगले त्यस्तो दलको दर्ता खारेजसमेत  गर्नसक्ने व्यवस्था  ऐनमा छ ।

८६ दल  जस्ले बुझाएनन् लेखापरीक्षण प्रतिवेदन (सूची )

 

 

प्रकाशित मिति : ८ बैशाख २०७८, बुधबार  ३ : ४९ बजे