‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

 लम्बियो निषेधाज्ञा : उपत्यकामा जेठ २० गतेसम्म निषेधाज्ञा कायमै रहने  

काठमाडौं । काठमाडौं उपत्यकामा जारी गरिएको निषेधाज्ञाको अवधि थप एकसाता लम्बिएको छ ।
मंगलबार उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले कोरोनाभाइरस संक्रमण रोकथामका लागि  जारी निषेधाज्ञा जेठ २० गते मध्यरातसम्म कायम रहने निर्णय गरेका े हो ।

थप गरिएको निषेधाज्ञा जेठ १४ गते बिहान १ बजेदेखि जेठ २० गते मध्यरातसम्म कायम रहने छ  । एकसाताको परिस्थिती हेरेर थप निर्णय गरिने निष्कर्षमा तीनै जिल्ला प्रशासन पुगेका छन् ।

भाइरस संक्रमण नघटेको र आवागमन पनि कायमै रहेको निष्कर्ष निकाल्दै निषेधाज्ञा थप गरिएको बताइएको छ । 

प्रकाशित मिति : ११ जेष्ठ २०७८, मंगलबार  ५ : ३२ बजे