सुनको मूल्यमा नयाँ कीर्तिमान

थप ८६३६ जनामा कोरोनाको संक्रमण पुष्टि, १६९ को मृत्यु

काठमाडौँ –  नेपालमा थप ८ हजार ६३६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पीसीआर विधिबाट २२ हजार ३०६ जना र एन्टिजेन विधिबाट ६३० जनाको परीक्षण गर्दा  थप ८६३६ जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो । 

गत २४ घण्टामा ६ हजार ४०४ जना कोरोना संक्रमित उपचार पश्चात निको भई घर फर्किसकेका छन् । देशभर कोरोनाको सक्रिय संक्रमित संख्या १ लाख १७ हजार २६१ पुगेको छ । 

मन्त्रालय अनुसार कोरोना संक्रमणका कारण गत २४ घण्टामा थप  १६९ जनाको मृत्यु भएको छ ।  हाल सम्म नेपालमा कोरोना संक्रमणको कारण ज्यान गुमाउनेहरुको संख्या  ६७०० सय पुगेको छ ।

 

प्रकाशित मिति : ११ जेष्ठ २०७८, मंगलबार  ५ : ३० बजे