साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

यी हुन् सहकारी ठगीमा फरार २९ जना

धारिलो हतियार प्रहार गरी घाइते बनाएको अभियोगमा पक्राउ

काभ्रे – पाँचखाल नगरपालिका-१२ शेरा बस्ने ३७ वर्षीय कृष्ण दनुवारलाई धारिलो हतियार खुर्पा प्रहार गरी घाइते बनाएको अभियोगमा सोही ठाउँ बस्ने ५५ वर्षिय कान्छा दनुवारलाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।

कान्छाले कृष्णलाई धारिलो हतियार खुर्पा प्रहार गर्दा गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी बालुवाबाट खटीएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घाइते कृष्णको धुलीखेल अस्पतालमा उपचार भईरहेको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : ८ बैशाख २०७८, बुधबार  २ : ५८ बजे