साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

नेपालमा भेटियो कोभिडको नयाँ भेरिएन्ट

काठमाडौं । नेपालमा पुन कोभिड १९ को नयाँ भेरियन्ट देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा हालै गरिएको जिनाेमसिक्वेन्सिङ कोभिड-१९ को नयाँ भेरिएन्ट भेटिएको पुष्टि भएको हो। 

राष्ट्रिय प्रयोगशालाका अनुसार  पछिल्लो समय सिंगापुर अमेरिकालगायत अफ्रिकी मुलुकमा देखिएको  काेभिड-१९ काे ओमिक्रोन भेरिएन्टको  नयाँ  सब–भेरिएन्ट “केपी.१” र केपी.२ नेपालमा पुष्टि भएको छ। हालै गरिएको ४२ कोभिड पाेजेटिभ केसकाे जिनाेमसिक्वेन्सिङ् गर्दा ४० प्रतिशतमा “केपी.१” र केपी.२ नेपालमा पुष्टि भएको प्रयोगशालाले जनाएको छ। 

प्रयोगशालाका नमुनामा ओमिक्रोन (जेएन.१) २ नमुनामा, ओमिक्रोन (बीए.२), १२ नमुनामा, ओमिक्रोन (केपी.१) १७ नमुनामा, ओमिक्रोन (केपी.२) एक नमुनामा र ओमिक्रोन (केपी.३) (केपी.४) क्रमशः १ नमुनामा भेटिएको हो।

छिमेकी मुलुक भारत र चीनसहित विश्वका विभिन्न देशमा देखिएको कोभिड–१९ को नयाँ सब–भेरिएन्ट ‘जेएन.१’ नेपालमा पनि देखिएको थियाे। तर, हाल विश्वमा महामारीको रूपमा देखिन थालेकाे नयाँ भेरिएन्ट “केपी.१” र केपी.२ नेपालमा पुष्टि भएको छ।

प्रकाशित मिति : ११ जेष्ठ २०८१, शुक्रबार  १ : २६ बजे