‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

सिरोहियालाई साधारण तारेखमा छाड्न माग गर्दै अदालत अगाडि जनकपुरधामका मेयरको धर्ना

जनकपुरधाम । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई साधारण तारेखमा छोड्नु पर्ने माग राख्दै जनकपुरधामका मेयर मनोज कुमार साहले अदालतमा धर्ना दिएका छन् । 
जिल्ला अदालत धनुषा अगाडि मेयर साहले केही समर्थक लिएर धर्ना सुरु गरेका हुन् ।  सिरोहियालाई साधारण तारेखमा राखेर छाड्नुपर्ने मेयर साहको माग छ 

उनले राज्यले जनकपुरधाम र मधेशसँग विभेद गरिरहेको आरोप पनि लगाए । उनले राज्यले विभेदपूर्ण सिरोहियामाथि ढंगले चलाएको मुद्दा खारेज गर्नुपर्ने माग पनि गरे ।

नागरिकता कीर्ते सम्बन्धी कसुरमा पक्राउ परेका सिरोहियालाई अदालतले प्रहरीलाई अनुसन्धान गर्न तीन दिनको म्याद दिएको थियो । आज पुनः म्याद थप्न प्रहरीले उनलाई अदालत ल्याएको छ । सिरोहियामाथि किर्ते नागरिकताको कसुरसम्बन्धी आरोप छ । 

प्रकाशित मिति : ११ जेष्ठ २०८१, शुक्रबार  ११ : ३५ बजे