‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

राष्ट्रपति– प्रधानमन्त्री छलफल , संसद अधिवेशन अन्त्यको विषयमा परामर्श

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहालले शुक्रवार बिहान राष्ट्रपति भवन शीतल निवासमा भेट गर्नुभएको  छ  । लामो समयदेखि संसद्को अवरोध  जारी रहेको र बजेट पेस गर्ने दिन नजिक आएकोले कसरी समाधान गर्ने  भन्ने विभिन्न उपायका बारेमा समेत दाहालले परामर्श गर्नुभएको स्रोतले बतायो। दाहालले  संसद् अवरोध कायमै  रहेमा   अधिवेशनको अन्त्यका विषयमा समेत परामर्श गर्नु भएको बालुवाटार स्रोतले बतायो।   जेठ १५ गते नयाँ आर्थिक वर्षको बजेट सार्बजनिक गर्नुपर्ने अनिवार्य व्यवस्था छ। 

सो भेटमा राष्ट्रपति पौडेलले जारी संसद्को गतिरोधबारे चासो र चिन्ता राखेको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ।

सो अवसरमा प्रधानमन्त्री दाहालले आफू समस्या समाधानको पक्षमा रहेको बताउँदै संसदमा जारी गतिरोध अन्त्यका लागि पहल गरिरहेको बताउनुभएको थियो ।

 

सङ्घीय संसद्अन्तर्गत आज दुवै सदनको बैठक बस्दै छ । दुवै सदनमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले अवरोध गर्दै आइरहेको छ ।

प्रकाशित मिति : ११ जेष्ठ २०८१, शुक्रबार  १० : १५ बजे