साफ यू–१७ च्याम्पियनसिप आजदेखि

माधव पक्षले स्पष्टिकरण दिने तर हठ नछोड्ने

काठमाडौं । नेकपा एमालेको माधव नेपाल पक्षले अझै पनि पार्टी निर्णयलाई पेलेरै जाने संकेत गरेको छ ।  

पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टी विपरित गतिविधि गरेको भन्दै स्पष्टिकरण सोधेसँगै झस्किएको माधवसमूहले स्पिष्टिकरण दिने तर आफ्ना गतिविधि नरोक्ने संकेत गरेको हो । 

अर्याल होटल बानेश्वरमा बसेको नेपाल पक्षका नेताहरुको बैठकले आफ्नो पक्षका सांसदहरूलाई सोधिएका स्पष्टीकरणको राजनीतिक र कानूनी प्रतिवाद गर्ने निकर्ष निकालेको छ । 

सांसदहरुले व्यक्तिगत रूपमा स्पष्टीकरण बुझाउने तर राजनीतिक संघर्ष जारी राख्ने निर्णय गरेको बैठकमा सहभागि एक नेताले भने । 

प्रकाशित मिति : ७ बैशाख २०७८, मंगलबार  ६ : २१ बजे