साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

यी हुन् सहकारी ठगीमा फरार २९ जना

रौतहट प्रहरीद्वारा लाखौंको भारतीय मलखाद र कुखुरा बरामद

 रौतहट । रौतहट स्थित नेपाल प्रहरी र सशस्त्र प्रहरीको छुट्टाछुट्टै गस्ती टोलीले लाखौँको अवैध भारतीय मलखाद र भारतीय कुखुरा बरामद गरेको छ।

तस्करहरुले भारतबाट विभिन्न नाका हुँदै अवैध रूपमा भन्सार छली ल्याएका चार लाख सन्तानब्बे हजार दुई सय सत्तरी रुपैयाँ बराबरको  युरिया मल, किराना तथा लत्ताकपडा लगायतका सामानहरू सँगै तीनजना तस्करलाई मोटरसाइकल सहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले बताएकी छिन्। 

ना२९ प २८१४,ना३७ प ५३१३ र विआर ३० ई ३४८४ नम्बरको मोटरसाइकल सहित पक्राउ परेका कटहरिया नगरपालिका ५ का सिकिन्दर यादव, फतुवा बिजयपुर २ का बीरबल यादव, आदर्श कोतवाल ३ बाराका प्रदीप यादव र बिना चालक बरामद ना४१ प ५५१४ मोटरसाइकल र पक्राउ परेका तीनैजना लाई सामान सहित आवश्यक कारबाहीको लागी गौर भन्सार कार्यालयमा दाखिला गरिएको प्रहरीको सूचनामा उल्लेख गरिएको छ।

त्यसैगरी सशस्त्र प्रहरी ११ नम्बर गण हेक्का रौतहट बाट गएको गस्ती टोलीले सीमा क्षेत्र बाट तीन क्विन्टल भन्दा बढी भारतीय कुखुरा बरामद गरेको छ। तस्करहरुले भारतीय बजारबाट अवैध रूपमा ल्याउँदै गरेको ३१५ किलो कुखुरा ९४ हजार ५०० बराबरको परोहा ९ मोतीपुर स्थित बरामद गरेको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी विक्रम हुमागाईंले बताएका छन्।

बरामद कुखुरा सशस्त्र प्रहरी ११ नम्बर गणको हाता भित्र खाल्डो खनी पुरेर नष्ट गरिएको सशस्त्र प्रहरी रौतहटले जनाएको छ। रौतहटमा नयाँ एसपीको रूपमा हुमागाईँ आएदेखि नै तस्करी नियन्त्रणमा विशेष सक्रियता देखिएको छ ।

प्रकाशित मिति : १० जेष्ठ २०८१, बिहिबार  २ : ३६ बजे