‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

एमाले सुनसरीको अध्यक्षमा निलम खनाल निर्वाचित

सुनसरी । नेकपा एमाले सुनसरीको अध्यक्षमा निलम खनाल निर्वाचित हुनुभएको छ ।

आठौं जिल्ला अधिवेशनअन्तर्गत भएको निर्वाचनको बुधबार सम्पन्न मतगणना परिणामअनुसार प्रतिस्पर्धी खेमराज पोखरेललाई ९६ मतको अन्तरले पराजित गर्दै खनाल अध्यक्षमा निर्वाचित हुनुभएको हो ।

निर्वाचन समितिले जनाएअनुसार खनालले ३८३ मतसहित जित निकाल्दा प्रतिस्पर्धी पोखरेलले २८७ मत पाउनुभयो ।

यसैगरी, उपाध्यक्षमा ३ मतको अन्तरले पर्शुराम यादव विजयी बन्नुभएको छ । यादवले ३३२ मतसहित जित निकाल्दा प्रतिस्पर्धी नन्द बस्नेतले ३२९ मत पाउनुभएको छ ।

यस्तै, सचिवमा ३८८ मतसहित राम कोइराला निर्वाचित हुनुभएको छ भने उहाँसँग प्रतिस्पर्धा गर्नुभएका पदम लिम्बुले २७० मत पाउनुभएको छ । यस्तै, उपसचिव महिलातर्फ ४३८ मतसहित इन्द्रकला राई निर्वाचित हुँदा प्रतिस्पर्धी कमला मगरले १९१ मत पाउनुभएको छ ।

यस्तै उपसचिव खुल्लातर्फ यामकुमार सुब्बा ३८५ मतसहित विजयी बन्दा प्रतिस्पर्धी देवानन्द मेहताले १९७ मत पाउनुभएको छ । एमाले सुनसरीको निर्वाचनमा ६६१ मत खसेको थियो ।

प्रकाशित मिति : १० जेष्ठ २०८१, बिहिबार  ८ : २४ बजे