‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

अध्यक्ष ओलीद्वारा कनकाई पुलको शिलान्यास

झापा । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कनकाई पुलको पनि शिलान्यास गर्नुभएको छ ।

बुधबार अध्यक्ष ओलीले झापा क्षेत्र नम्बर-४ को शिवसताक्षी नगरपालिकाको मदरगाछ खण्डको कनकाई पुलको शिलान्यास गर्नुभएको हो ।

शिलान्यास कार्यक्रममा उपप्रधान तथा भौतिक मन्त्री रघुवीर महासेठ, सांसद एलपि साँवा पनि सहभागी हुनुहुन्थ्यो ।

अध्यक्ष ओलीले यसअघि आजै पूर्व-पश्चिम राजमार्ग काँकडभिट्टा-लौकही सडक खण्ड स्तरोन्नतिको शिलान्यास गर्नुभएको थियो ।

अध्यक्ष ओलीले भोलि एमाले दमक नगर कमिटीको अधिवेशनको उद्घाटन गर्नुहुनेछ । भोलि नै मोरङको सुन्दरहरैँचा नगरपालिकामा एक सडकको शिलान्यास गरेर सुनसरीमा निजी क्षेत्रबाट खोलिएको अस्पताल उद्घाटन गर्नुहुने कार्यक्रम रहेको छ ।

अध्यक्ष ओलीले भोलि नै विराटनगरमा पार्टी कार्यकर्ताहरुलाई सम्बोधन गरेर काठमाडौं फर्कने उहाँको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : ९ जेष्ठ २०८१, बुधबार  ८ : ५१ बजे